शनिबार, फाल्गुन १०,२०८१ 08:42:14
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:42:14
IME remit
Global IME Bank Limited

१ अर्ब बढीको आईपीओ ल्याउने तयारीमा लघु बीमा कम्पनी, कुनको व्यवसाय कति ?

Hyundai Nepal
१ अर्ब बढीको आईपीओ ल्याउने तयारीमा लघु बीमा कम्पनी, कुनको व्यवसाय कति ?
Nabil Bank Limited

काठमाण्डौ । हाल देशमा ६ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् । नेपाल बीमा प्राधिकरणबाट लघुबीमा व्यवसाय सञ्चालन गर्न लघुबीमाको लाइसेन्स प्राप्त गरी हाल तीन लघु जीवन बीमा र तीन निर्जीवन लघुबीमा कम्पनी गरी कुल ६ लघुबीमा कम्पनीले व्यवसाय गरेका छन् ।  

जीवन बीमा तर्फ गार्डियन माइक्रो, क्रेष्ट माइक्रो र लिबर्टी माइक्रो लाइफ छन् भने निर्जीवन बीमा तर्फ नेपाल माइक्रो, प्रोटेक्टिभ र स्टार माइक्रो इन्स्योरेन्स छन् ।  

बीमा प्राधिकरणले लघुबीमा कम्पनी स्थापनाको लागि बाटो खुलाउँदै लघु बीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९ जारी गरेको थियो । निर्देशिका अनुसार लघुबीमा कम्पनीको चुक्तापुँजी न्यूनतम ७५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।  

हाल सञ्चालनमा रहेका लघुबीमा कम्पनीहरुको चुक्तापुँजी ७५ करोड रुपैयाँ छ । निर्देशिका बमोजिम लघुबीमा कम्पनीहरु पब्लिक कम्पनी लिमिटेड कम्पनीको रुपमा दर्ता हुुनुपर्ने र चुक्तापुँजीको न्यूनतम ३० प्रतिशत सेयर (आईपीओ)सर्वसाधारणलाई निष्कासन गर्नेुपर्नेछ । कम्पनीमा संस्थापकको पनि न्यूनतम ५१ प्रतिशत सेयर हुनु पर्ने निर्देशिकामा उल्लेख छ ।  

निर्देशिकामा उल्लेख भएबमोजिम लघुबीमा कम्पनीहरुले धमाधम वार्षिक साधारण सभामार्फत आईपीओ निष्कासनको प्रस्ताव समेत पारित गरिसकेका छन् । सोमध्ये क्रेष्ट माइक्रोे लाइफले साधारण सभामार्फत आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न बाँकी छ ।  

सञ्चालनमा रहेका ६ वटा लघुबीमा कम्पनीमध्ये लिबर्टी माइक्रो लाइफले भने आईपीओ निष्कासनको तयारी गरेको छैन । कम्पनीले चैत २ गते सम्पन्न पहिलो वार्षिक साधारण सभामा सर्वसाधारणलाई सेयर जारी गर्ने कुनै प्रस्ताव राखेको थिएन ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

कम्पनीले केही समयअघि मात्रै औपचारिक व्यवसाय थालनी गरेकाले तत्कालै आईपीओ निष्कासन प्रक्रिया अघि नबढाउने जनाएको छ । तर व्यवसाय ग्रोथ भएसँगै कम्पनीले निर्देशिका पालना गरी आईपीओ प्रक्रिया अघि बढाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादवले बताए ।  

लघुबीमा निर्देशिका अनुसार सञ्चालनमा रहेका ६ लघुबीमा कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछन् । ५ वटा कम्पनीले भने साधारण सभामार्फत सो प्रस्ताव पारित गरिसकेको छ । साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गरेका ५ वटा लघुबीमा कम्पनीले कायम चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछन् ।  

५ लघुबीमा कम्पनीले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ ल्याउनेछन् । यसका लागि सो कम्पनीहरुले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्कासन सम्बन्धी अनुमति पेश गर्नेछन् ।  

तर, कम्पनीहरुले साधारण सभामार्फत आईपीओ निष्कासनको प्रस्ताव पारित गरेपनि तत्कालै प्रक्रिया अघि नबढाउने जनाएका छन् । लघुबीमा कम्पनीहरुको व्यवसाय बृद्धि भएपछि प्रक्रिया अघि बढ्ने गार्डियन माइक्रो लाइफका सीईओ चिरायु भण्डारीले बताए । ‘लघुबीमा निर्देशिका बमोजिम लघुबीमा कम्पनीहरुले कायम चुक्तापुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नैपर्छ, सोही बमोजिम अहिले बीमा कम्पनीले साधारण सभामार्फत प्रस्ताप पारित गरेका हुन्’ उनले भने, ‘हाललाई सेयर जारी प्रस्ताव पारित मात्रै गरिएको हो, यसको लागि पहिला कम्पनीहरुको व्यवसाय बढ्न आवश्यक छ, त्यसपछि आईपीओ निष्कासनको प्रक्रिया विस्तारै बढ्छ ।’  

लघु जीवन बीमा कम्पनीको व्यवसाय  

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा लघु जीवन बीमा कम्पनीहरुले ४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । तीन लघु जीवन बीमा कम्पनी गार्डियन, क्रेष्ट र लिबर्टी माइक्रो लाइफले माघ महिनासम्म ४ करोड २२ लाख ६५ हजार रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।  

जसमध्ये क्रेष्ट माइक्रो लाइफले मात्रै २ करोड ५८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । त्यस्तै, गार्डियन माइक्रो लाइफले १ करोड १५ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ४८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

माघ महिनासम्ममा तीन लघु जीवन बीमा कम्पनीमा कुल २० हजार ८२२ सक्रिय बीमालेख संख्या रहेको छ । जसमा क्रेष्ट माइक्रोको १२ हजार ६३, गार्डियन माइक्रो लाइफको ७ हजार ४८६ र लिबर्टी माइक्रो लाइफको १ हजार २७३ रहेको छ ।  

लघु निर्जीवन बीमा कम्पनीको व्यवसाय  

नेपाल बीमा प्राधिकरणका अनुसार तीन लघु निर्जीवन बीमा कम्पनीले चालु आवको ७ महिनासम्ममा ७ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये नेपाल माइक्रो एक्लैले ३ करोड ६५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २ करोड ३२ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले १ करोड ७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । तीन कम्पनीमा कुल ३१ हजार ८८१ बीमालेख संख्या सक्रिय छन् । नेपाल माइक्रोमा २० हजार २९२, प्रोटेक्टिभ माइक्रोमा ५ हजार ८७३ र स्टार माइक्रोमा ५ हजार ७१६ छन् । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.