काठमाण्डौ । पल्लवी लुब्रिकेन्ट्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको विेशष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको उक्त सभा भदौ १९ गते मोरङको कटहरी गाउँपालिकामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा सर्वसाधारणका लागि कम्पनीको आईपीओ जारी गर्न आवश्यक प्रक्रिया अघि बढाउने र सो सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछन् ।