काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति माग्दै चार कम्पनीले आवेदन दिएका छन्। सेबोनमा आवेदन दिने कम्पनीहरूमा मकरीगाड हाइड्रोपावर लिमिटेड, कालिन्चोक इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, इन्द्रेणी मसरुम फार्म लिमिटेड र मध्यपुर अस्पताल लिमिटेड रहेका छन्।
कम्पनीहरूले कुल ७९ लाख २ हजार ५०० कित्ता शेयर निष्कासनका लागि अनुमति माग्दै आवेदन दिएका हुन्।
मकरीगाड हाइड्रोपावर लिमिटेडले २२ लाख २७ हजार ५०० कित्ता सेयर निष्कासनका लागि साउन २२ गते सेबोनमा आवेदन दिएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।
कालिन्चोक इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २४ लाख कित्ता शेयर निष्कासनका लागि साउन २९ गते आवेदन दिएको हो। कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
इन्द्रेणी मसरुम फार्म लिमिटेडले ८ लाख ७५ हजार कित्ता शेयर निष्कासनका लागि साउन २२ गते सेबोनमा आवेदन दिएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
मध्यपुर अस्पताल लिमिटेडले २८ लाख कित्ता सेयर निष्कासनका लागि साउन २२ गते आवेदन दिएको हो। अस्पतालको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पनि मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।