काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं र १६ औं साधारण सभा एकैपटक डाकेको हो ।
उक्त सभा आगामी चैत २९ गते सुकेधारामा रहेको सेलिब्रेशन हाइटमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा आव २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।
यस्तै सभामा आव २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।
उक्त सभामा स्वतन्त्र सञ्चालकको नियुक्ती र सञ्चालक समितिको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।