सोमबार, बैशाख ७,२०८३ 12:14:52
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 12:14:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भगवती हाईड्रोपावरको साधारण सभा आज, १४.७३६८% लाभांश पारित हुने

Bizshala
भगवती हाईड्रोपावरको साधारण सभा आज, १४.७३६८% लाभांश पारित हुने
Shivam Cement

काठमाण्डौ । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको भदौ २२ गते बसेको संञ्चालक समितिको बैठकको निर्णयबमोजिम २४ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।  

उक्त सभा काठमाण्डौ थापागाँउमा रहेको अर्पण ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

सभामा कम्पनीको जारी पूँजी वृद्धि गरि ५९ करोड ४९ लाख ४७ हजार ३०० पुर्याउने कम्पनीको जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६ को (ख) र (ग) संशोधन गर्ने र सेयरधनीहरूलाई चुक्तापूँजीको ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्तावहरु पारित हुनेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि स्वीकृत गर्ने, आव २०८०/८१ को लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरि स्वीकृत गर्ने, आव २०८१/८२को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा संस्थापक सेयरधनीहरूको तर्फबाट २ जना सञ्चालक नियुक्ती गर्ने प्रस्ताव पारित हुनेछ ।  

CG Motors
Garima Development Bank
IME remit

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले गत असोज २ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ असोज १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.