काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । . उक्त सभा काठमाण्डौ बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङक्वेटमा सम्पन्न भएको हो ।
उक्त सभामा गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ६.३७ प्रतिशत बोनस सेयर र ८.६३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।
उक्त सभा सञ्चालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा सञ्चालकहरु तथा प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह, कम्पनीका वरिष्ठ अधिकृत र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले सेयरधनीहरुले राखेकोे जिज्ञासा तथा सुझावको जवाफ दिएका थिए । यस्तै सभामा पेश भएका विभिन्न प्रस्तावहरु पारित गरिएको थियो ।