बुधबार, श्रावण १३,२०८३ 08:02:06
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 08:02:06
Bizshala
Global IME Bank Limited

श्रीनगर एग्रीटेकको तेस्रो वार्षिक साधारण सभा पुसमा, यस्ता छन् प्रस्ताव

श्रीनगर एग्रीटेकको तेस्रो वार्षिक साधारण सभा पुसमा, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले तेस्रो वार्षिक साधारण सभाको मिति तय गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते क्लब डे नोभोको सभाकक्षमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

यस्तै सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि पुस ७ गतेदेखि २४ गतेसम्म बुक क्लोज हुनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.