काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडको चौथो वार्षिक साधारण सभा असोज ३१ गते (शुक्रबार) कम्पनीको रजिष्टर्ड कार्यालय तिनधारा, दरबारमार्ग, काठमाडौँमा सम्पन्न भएको छ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, सो आर्थिक वर्षका लागि १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको कम्पनीले जनाएको छ।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि श्री पी. जे. पी. एन एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स लाई लेखापरीक्षकका रूपमा पुनः नियुक्त गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ।
नबिल स्टक डिलर लिमिटेड, नबिल बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो। कम्पनीले धितोपत्र व्यापारीको रूपमा पूर्ण दलाल सेवा, निक्षेप सदस्यता सेवा, शेयर प्रत्याभूति सेवा लगायतका अन्य गुणस्तरीय वित्तीय सेवा ग्राहकहरूलाई प्रदान गर्दै आएको छ।