नबिल स्टक डिलरको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा असोज २० गते आइतबार काठमाण्डौ दरबारमार्गमा रहेको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको हो । सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।