सोमबार, श्रावण १८,२०८३ 02:59:45
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:59:45
Bizshala
Global IME Bank Limited

नबिल स्टक डिलरद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य अजेण्डा

नबिल स्टक डिलरद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य अजेण्डा
New Office

काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको ३९ औं बैठकले साधारण सभाको मिति तय गरेको हो ।  

उक्त सभा आगामी असोज २० गते काठमाण्डौको तीनधारा दरबारमार्गमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम प्रति सेयर ८ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव र कम्पनीको प्रबन्धपत्र र नियमावलीका विभिन्न प्रावधानहरुमा संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै आव २०८०/८१ सम्मको सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको कम्पनीको वित्तीय अवस्थाको विवरण तथा आव २०८०/८१ सम्मको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्विकृत गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.