काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडले ५ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको ६६ औं बैठकले साधारण सभाको मिति तय गरेको हो ।
उक्त सभा आगामी असोज २१ गते काठमाण्डौको तीनधारा दरबारमार्गमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै आव २०८२/८३ सम्मको सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको कम्पनीको वित्तीय अवस्थाको विवरण तथा आव २०८२/८३ सम्मको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्विकृत गर्ने र आव २०८३/८४ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।