शनिबार, आश्विन ५,२०८१ 05:27:20
IME remit
  • शनिबार, आश्विन ५,२०८१ 05:27:20
IME remit
Global IME Bank Limited

लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

Hyundai Nepal
लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो एजीएम, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले लाभांशको अजेण्डा पारित गर्न साधारण सभा डाकेको छ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले ३० औं वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी असोज २० गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनन सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १५.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै प्रस्तावित बोनस सेयर जारी भएपश्चात पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्ने, सञ्चालकलाई नेपाल भित्र, भारत र नेपाल तथा भारत बाहिर अन्य देशको भ्रमण गर्नु पर्दा दैनिक भत्ता विगत ९ वर्ष देखि पुनरावलोकन नभएकोले हालको मुद्रास्फीतिलाई मध्यनजर गरी हाल कायम रहेको दैनिक भत्ता परिवर्तन गर्नका लागि नियमावलीको संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी प्रस्ताव पारित गर्ने र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Sagarmatha Cement
Shivam Cement

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ असार मसान्तसम्मको वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.