काठमाण्डौ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले हकप्रदको अजेण्डा पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २३ गतेका लागि सभा डाकेको हो ।
उक्त सभामा हकप्रद सेयर निष्कासन गर्ने,उपयुक्त नयाँ आयोजनाको पहिचान गरी लगानी गर्ने वा निर्मांणाधीन आयोजनाहरुमा थप लगानी गर्ने,सर्वसाधारण सेयरधनी समूह(ख)का २ जना सञ्चालकको निर्वाचन गर्ने जस्ता विेशष प्रस्ताव पारित गरिनेछ ।
सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ ।
यस्तै सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन योग्य हुनेछन् ।