काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले एकैपटक तीव आवको साधारण सभा डाकेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ का लागि साधारण सभा डाकेको हो ।
सभा आगामी पुस २९ गते काठमाण्डौको चण्डोलमा रहेको कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७९/८०, २०८०/८१ र २०८१/८२ को असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरण पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

