अर्पण बहादुर सिंहले पाए साञ्जेन जलविद्युतको कामु सीईओको जिम्मेवारी
काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)को जिम्मेवारी अर्पण बहादुर सिंहलाई दिइएको छ । कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले सिंहलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।