काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ३७ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आवको समीक्षा अवधिसम्म भने नाफा आर्जन गर्न सफल भएको हो ।
कम्पनीले ग्राहकसँगको सम्झौताबाट ६८ लाख र विद्युत बिक्रीमार्फत ७ करोड १४ लाख रुपैयाँ गरी कुल ७ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै कम्पनीको रिजर्भको आकार २० करोड ५३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २९ करोड र कुल चालु दायित्व ३० करोड ६२ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) १.९६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९४.३७ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४३.०१ रुपैयाँ कायम भएको छ ।