काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९÷८० का लागि लाभांश नदिने घोणा गरेको हो ।
साथै उक्त बैठकले आगामी चैत ५ गतेका लागि कम्पनीको १३ औँ वार्षिक साधारण सभा समेत डाकेको छ ।
उक्त सभामा गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गरिनुक साथै सर्वसाधारण सेयरधनी समूह ख को प्रतिनिधित्व गर्ने १ जना महिलासहित २ जना सञ्चालकको निर्वाचने गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।