काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । बैंकले एक सूचना जरी गर्दै आगामी चैत ५ गतेका लागि तय भएको १३ औं वार्षिक साधारण सभा कम्पनीमा विशेष परिस्थिती सिर्जना भएकाले स्थगित गरिएको जनाएको छ ।
कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा स्थगन गर्ने निर्णय गरेको हो । उक्त सभा उपयुक्त समयमा पुनःसूचना प्रकाशित गरिने बोलाइने कम्पनीले जनाएको छ ।
यसअघि कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औंं वार्षिक साधारण सभा डाकेको थियो । उक्त बैठकले गत आर्थिक वर्ष २०७९÷८० का लागि लाभांश नदिने घोषणा समेत गरेको थियो ।
उक्त सभामा गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गरिनुक साथै सर्वसाधारण सेयरधनी समूह ख को प्रतिनिधित्व गर्ने १ जना महिलासहित २ जना सञ्चालकको निर्वाचने गर्ने प्रस्ताव समेत पारित गरिने जनाइएको थियो ।