काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)को जिम्मेवारी अर्पण बहादुर सिंहलाई दिइएको छ ।
कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले सिंहलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
उनलाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी दिइएको हो । बैठकले कार्यरत कर्मचारीमध्ये सबैभन्दा वरिष्ठ कर्मचारीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेकोमा आयोजना प्रमुखको रुपमा कार्यरत सिहं उक्त पदका लागि छनौट भएको कम्पनीले जनाएको छ ।