आईतवार, बैशाख ६,२०८३ 05:38:52
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:38:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

साञ्जेन जलविद्युतको घाटा ११४% ले बढ्दै २४.२८ करोड पुग्यो, आम्दानी भने २८५% ले वृद्धि

Bizshala
साञ्जेन जलविद्युतको घाटा ११४% ले बढ्दै २४.२८ करोड पुग्यो, आम्दानी भने २८५% ले वृद्धि
Shivam Cement

काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको घाटा झनै बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनी २४ करोड २८ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ११४.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी ११ करोड ३० लाख घाटामा थियो ।    

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ४७ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २८५.२७ प्रतिशतले बढी हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीले समीक्षा अवधिसम्म ९ लाख ४८ हजार रुपैयाँ वित्त आम्दानी र ३६ लाख ६३ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । यो अवधिसम्म कम्पनीको सञ्चालन तथा प्रशासनिक खर्च २ करोड ३ लाख, ह्रासकट्टी खर्च २४ करोड र कर्मचारी खर्च १ करोड ३४ लाख रहेको छ ।  

कम्पनीको चुक्तापूँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीको सञ्चित मुनाफा ६३ करोड ८७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । यो अवधिमा कुल चालु सम्पत्ति ४७ करोड १७ लाख र कुल चालु दायित्व ६७ करोड ५५ लाख रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ८.८७ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८२.५० रुपैयाँ ऋणात्मक र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६१.४६ रुपैयाँ कायम भएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.