बिहीबार, श्रावण १४,२०८३ 01:18:02
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:18:02
Bizshala
Global IME Bank Limited

हिमालय उर्जा विकासले एकैपटक डाक्यो दुई आवको साधारण सभा, यस्ता छन् प्रस्ताव

हिमालय उर्जा विकासले एकैपटक डाक्यो दुई आवको साधारण सभा, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २३ औं र २४ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा पुस २६ गते काठमाण्डौको नयाँ बानेश्वरमा रहेको अर्पण ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

सभामा सभामा आव २०७९/८० र २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, २०७९/८० र २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने, आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित  गर्ने र सञ्चालकको निर्वाचन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.