बुधबार, भाद्र २५,२०८२ 10:28:22
  • बुधबार, भाद्र २५,२०८२ 10:28:22
Global IME Bank Limited

उपकार लघुवित्तको साधारण सभा पुस २४ गते, मर्जरमा जाने मुख्य प्रस्ताव

Hyundai Nepal
उपकार लघुवित्तको साधारण सभा पुस २४ गते, मर्जरमा जाने मुख्य प्रस्ताव

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २४ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । मंसिर २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साधारण सभा र बुक क्लोजको मिति तय गरेको हो ।  

उक्त सभा बाँकेमा रहेको होटल सेन्टर प्लाजामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा संस्थाले अन्य लघुवित्त संस्थाहरु गाभिने÷ गाभ्ने, प्राप्ती एक्विजिसन तथा सम्बन्धि प्रक्रिया अगाडी बढाउन समितिलाई अख्तियारी प्रदान गर्ने र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै आर्थिक वर्ष २०८०/८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारीत गर्ने, आव २०८०/८१ लेखा परिक्षण प्रतिवेदन, वासलात, तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु लगायतका संलग्न अनुसुचीहरु समेत पारित गर्ने  र आव २०८१/२०८२ को लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि संस्थाले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.