काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो।
सभामा संस्थाको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र सोका लागि नियमनकारी निकायमा स्वीकृतीका लागि पेश गर्ने र सोहि अनुरुप प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित भएको छ । सभामा एक वा एकभन्दा बढी उपयुक्त लघुवित्तलाई गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा सोहि अवधिको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ ।
सभाबाट संस्थापक सेयरधनीका तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिबाट भएको मनोनयनलाई अनुमोदन गरिएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                