Bizshala
  • शुक्रबार, भाद्र २६,२०८३ 10:10:17
Bizshala
Global IME Bank Limited

सिद्धार्थ क्यापिटलद्वारा १५औँ साधारणसभा आह्वान, ३०% नगद लाभांश पारित गरिने

सिद्धार्थ क्यापिटलद्वारा १५औँ साधारणसभा आह्वान, ३०% नगद लाभांश पारित गरिने
New Office

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारणसभा आगामी असोज २३ गते शुक्रबार आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार साधारणसभा काठमाण्डौको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा अपराह्न ५ बजे बस्नेछ।

साधारणसभामा कम्पनीको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। यस्तै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी अनुमोदन गर्ने कार्यसूची छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ।

यसैगरी, कम्पनीले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३० प्रतिशत नगद लाभांश, अर्थात् ६ करोड रुपैयाँ करसहित वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव साधारणसभाबाट अनुमोदनका लागि पेस गर्ने भएको छ।

विशेष प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरिएको ५ लाख ४ हजार १६ रुपैयाँ पारित गर्ने प्रस्ताव पनि रहेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.