सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँड स्थगित, यस्तो छ कारण
काठमाण्डौ । सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँड स्थगित भएको छ । सिद्धार्थ बैंक कोष प्रवद्र्धक र सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको उक्त योजनाको थप आकार स्वीकृत प्रक्रियामा रहेको हुँदा असोज २७ गतेको कारोबार समयपश्चात प्राप्त रकमबराबरको इकाई बाँडफाँड गर्न इकाई अपुग भएकाले बाँडफाँड स्थगित गरिएको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        