आईतवार, बैशाख ६,२०८३ 08:27:25
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:27:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को प्रतिफल वितरण सुरु

Bizshala
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को प्रतिफल वितरण सुरु
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरुलाई प्रतिफल वितरण सुरु गरिएको छ । सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहि सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यो योजनाका इकाईधनीहरुलाई असोज ७ गतेदेखि प्रतिफल वितरण गर्न सुरु गरिएको हो ।    

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलका अनुसार बुक क्लोजको हुँदाको बखत आफनो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा यो योजनाका लागि घोषणा गरिएको प्रतिफल जम्मा गरिएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरुका लागि गत आर्थिक वर्षका लागि ७ प्रतिशत (करसहित) नगद लाभांश घोषणा गरिएको थियो ।  

यस्तै हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुले हितग्राही खाता रहेको निक्षेप सदस्य कहाँ सम्पर्क राखि हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै आफ्नो प्रतिफल प्राप्त गर्न क्यापिटलले आग्रह गरेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

आफ्नो इकाई धितो राखेका इकाईधनीहरुको हकमा प्रतिफल प्राप्त गर्नको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गर्न समेत सिद्धार्थ क्यापिटलले सूचित गरेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.