काठमाण्डौ । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यो योजनाको बुक क्लोज भदौ २३ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यो योजनाका लागि प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले यो योजनाका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि ७ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।