काठमाण्डौ । सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँड स्थगित भएको छ । सिद्धार्थ बैंक कोष प्रवद्र्धक र सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको उक्त योजनाको थप आकार स्वीकृत प्रक्रियामा रहेको हुँदा असोज २७ गतेको कारोबार समयपश्चात प्राप्त रकमबराबरको इकाई बाँडफाँड गर्न इकाई अपुग भएकाले बाँडफाँड स्थगित गरिएको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
सिद्धार्थ म्यचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो खुलामुखी योजनाहको स्वीकृत आकार २ अर्ब रहेकोमा असोज २७ गतेसम्म निरन्तर निष्कासन प्रक्रियामार्फत संकलित रकम बाँडफाँड गरेपश्चात योजनाको चुक्तापूँजी १ अर्ब ९९ करोड ८४ लाख ५९ हजार ५४० रुपैयाँ रहेको छ ।
असोज २७ गतेपश्चात प्राप्त रकमको विवरण ईमेल माफर्ल पठाइने क्यापिटलले जनाएको छ ।
साथै, योजनाको आकार वृद्धिको स्वीकृत प्राप्त भएपश्चात इकाईधनीहरुलाई सोही विवरणको आधारमा उक्त इकाई इकाईधनीहरुको हितग्राही खातामा दाखिल गरिने समेत जनाइएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                