काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कम्पनीले ग्लोबल मनि वीकको अवसरमा नेपाल धितोपत्र बोर्डको सहकार्यमा नेपालगन्ज बहुमुखी क्याम्पस, सुर्खेत रोड नेपालगन्जमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा करिब ७० जना विद्यार्थीको सहभागिता थियो भने कार्यक्रमको सहजीकरण नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माले गरेका थिए । उनले विद्यार्थीहरुलाई सेयर बजारका आधारभुत कुराको जानकारी गराई लगानीको महत्वबारे बताएका थिए ।