काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले ‘सिद्धार्थ इक्विटी फण्ड २’ नामक म्युचुअल फण्ड सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। कम्पनीले वैशाख २१ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १० करोड इकाई निष्काशन गर्न लागेको हो । जसको कुल आकार १ अर्ब रुपैयाँ रहनेछ।
यो योजना सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी म्युचुअल फण्ड हो। कुल इकाईमध्ये १ करोड ५० लाख इकाई प्रवर्धक सिद्धार्थ बैंक लिमिटेडका लागि सुरक्षित राखिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यो योजनाको निष्काशन छिटोमा वैशाख २४ गतेसम्म खुला रहनेछ भने सो अवधिमा पूर्ण बिक्री नभएमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा सिडिएससीद्वारा सञ्चालित ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन सि–आस्वा प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

