काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ७ गते आइतबारका दिन बसेको बैंकको ३४१ औं बैठकले १८ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी पुस २९ गते पोखरामा रहेको पोखरा इन्भेष्ट सेन्टरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकको सञ्चालक समितिले गत आवका लागि सेयरधनीलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित अजेण्डा पेश हुनेछैन ।
सभामा काठमाण्डौको कमलादीमा रहेको बैंकको केन्द्रीय कायालयलाई काठमाण्डौ महानगरपालिका–३ लाजिम्पाटमा स्थानान्तरण गर्नका लागि प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिको बैठकबाट नियुक्त स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही प्रति सेयर रु. १०० का दरले रु.१ अर्बबराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात जारी गर्ने र हाल कायम अधिकृत पूँजी रु.८ अर्बट वृद्धि गरी रु.१० अर्ब पुयाउने र सोही अनुसार प्रवन्धपत्रको दफा संशोधन गर्ने विेशष प्रस्ताव पारित गरिनेछन् ।
अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भए पश्चात बैंकको हाल कायम जारी तथा चुक्ता पूँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९ रुपैयाँलाई वृद्धि गरी ८ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९ रुपैयाँ पुऱ्याउने र सोही अनुसार प्रबन्धपत्रको दफा संशोधन गर्ने, अग्राधिकार सेयर तथा अविमोच्य ऋणपत्र जारी गर्नका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक थप÷संशोधन गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा प्राप्ति÷समाहित प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने सहमतिपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने तथा सोसंग सम्बन्धित अन्य आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०÷८१ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा भाग लिन सक्नेछन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                