काठमाण्डौ । सिटि होटल लिमिटेडले पुस २८ गतेका लागि साधारण सभा डाकेको छ । मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्ठौको कालिमाटीमा रहेको कालिमाटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आवका लागि लाभांश घोषणा नगरेकाले लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव सभामा पेश गरिने छैन ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण सहित सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने, आव २०८२/८३ को कारोबारको लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र कम्पनीको भवनको खाली भएको ठाँउ जनता एग्रो एण्ड फरेष्ट्रि लिमिटेडलाई भाडामा दिने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा तथा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

