पुस २८ गते साधारण सभा आयोजना गर्दै सिटि होटल, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
काठमाण्डौ । सिटि होटल लिमिटेडले पुस २८ गतेका लागि साधारण सभा डाकेको छ । मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्ठौको कालिमाटीमा रहेको कालिमाटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।कम्पनीले गत आवका लागि लाभांश घोषणा नगरेकाले लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव सभामा पेश गरिने छैन ।

