काठमाण्डौ । सिटि होटल लिमिटेडको हकप्रदमा आवेदन दिन समय थप गरिएको छ ।
गत भदौ २३ गतेदेखि हकप्रद सेयर निश्कान भए पनि सबै बिक्री नभएपछि खरीद आवेदन दिने समय असोज २६ गतेसम्मका लागि थप गरिएको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँबराबरको ८० प्रतिशत अर्थात १ः०.८० अनुपातमा रु. १०० अंकित दरका १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गरेको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
यसअघि हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज १२ गते निर्धारण गरिएकोमा बढाएर असोज २६ गते पुर्याइएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यपिटलका साथै प्रभु बैंकको इलाम,जाउलाखेल,वीरगञ्ज,पोखरा,बुटवल,सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                