काठमाण्डौ । सिटि होटल लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत कात्तिक २३ गतेदेखि ३० गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको २१ लाख ५० हजार ४१८ कित्ता सेयर मंसिर ११ गते बाँडफाँड भएको हो ।
कुल सेयर संख्यामा १९ लाख ८९ हजार ९९९ कित्ता संस्थापक समूहको, ६ हजार कित्ता कर्मचारीका लागि लक इनमा रहेको र १ लाख ५४ हजार ४१९ कित्ता सर्वसाधारण तर्फको लक इनमा रहेको सेयर रहेका छन् ।
उक्त सेयरको गोप्य शिलबन्दी बोलपत्र भने मंसिर ५ गते खोलिएको थियो ।
संस्थापक समूहको कटअफ मूल्य २५१ रुपैयाँ,कर्मचारीतर्फको लकइनमा रहेको ३०६.१० रुपैयाँ र सर्वसाधारण समूहको लक इनमा रहेको सेयरको कटअफ मूल्य ४३६ रुपैयाँ रहेको छ । सर्वसाधारण समूहको लकइनमा नरहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी मंसिर १२ गतेबाट हुनेछ ।

