सोमबार, पुष ८,२०८१ 05:36:48
IME remit
  • सोमबार, पुष ८,२०८१ 05:36:48
IME remit
Global IME Bank Limited

जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो एजीएम,कार्यक्षेत्र राष्ट्रिय स्तरमा स्तरोन्नती गरिने

Hyundai Nepal
जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो एजीएम,कार्यक्षेत्र राष्ट्रिय स्तरमा स्तरोन्नती गरिने
Nabil Bank Limited

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । चैत ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले १३ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी चैत आगामी चैत ३० गते रुपेन्देहीमा रहेको होटल न्यू ईरामा बिहान ११ बजे आयोजना हुनेछ । सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुनेछनै । उक्त सभामा अन्य कुनै लघुवित्तलाई एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिनुका साथै संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

Bizshala
Shivam Cement
CG Motors

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तसममको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

सभामा संस्थापक सेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना गरी कुल ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी चैत २२ गते गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.