काठमाण्डौ । नेपाल सेयरधनी संघको दोस्रो साधारण सभा सम्पन्न भएको छ । संघको उक्त सभा गत मंसिर २९ गते ललितपुर जिल्लाको गोदावरीमा सम्पन्न भएको हो।
संघका अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न सो सभाले आर्थिक वर्ष २०८०/८१ को बजेट लेखा परीक्षणको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को अनुमानित आय विवरण छलफल सहित अनुमोदन गरेको छ।
साथै, सो सभामा अध्यक्षको प्रतिवेदन समेत अनुमोदन गर्नुका साथै आगामी वर्षहरूको रणनैतिक कार्ययोजना समेत छलफल भई अनुमोदन भएको छ।
नेपाल सेरधनी संघका उपाध्यक्ष कमलराज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त सभामा विभिन्न सदस्यहरुले आफ्नो धारणा राखेका थिए भने कार्यक्रमको सञ्चालन संघका महासचिव सुरज खड्काले गरेका थिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                