नेपाल सेयरधनी संघको दोस्रो साधारण सभा सम्पन्न
काठमाण्डौ । नेपाल सेयरधनी संघको दोस्रो साधारण सभा सम्पन्न भएको छ । संघको उक्त सभा गत मंसिर २९ गते ललितपुर जिल्लाको गोदावरीमा सम्पन्न भएको हो। संघका अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न सो सभाले आर्थिक वर्ष २०८०/८१ को बजेट लेखा परीक्षणको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को अनुमानित आय विवरण छलफल सहित अनुमोदन गरेको छ।