बिहीबार, चैत्र २१,२०८१ 02:46:45
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:46:45
IME remit
Global IME Bank Limited

राधी विद्युतद्वारा स्थगित साधारण सभाको मिति पुनःतय

Hyundai Nepal
राधी विद्युतद्वारा स्थगित साधारण सभाको मिति पुनःतय
Nabil Bank Limited

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभा पुनःआयोजना गर्ने भएको छ । कम्पनीले गत पुस १८ गतेका लागि डाकेको साधारण सभा अब पुस २८ गते आयोजना गर्ने भएको छ ।  

कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि गर्ने तय भएको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।  

कम्पनीको साधारण सभा ललितपुरको थापागाँउमा रहेको हिमशिखर पार्टी भेन्यूमा बिहान ८ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांशको प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

सभामा बोनस सेयर जारीपश्चात कायम हुने चुक्तापूँजीको ६९.८९ प्रतिशत हकप्रद सेयर जारी गर्ने र नियमनकारी निकायबाट यसमा कुनै संशोधन गर्न सनर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तितयारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने,आव २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले गत पुस ४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसर्थ पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.