काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २८ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की व्यांक्वेटमा सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो ।
उक्त सभाले सेयरधनीहरुलाई आव २०८०/८१ को मुनाफाबाट चुक्तपूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्र्ने लगायत संचालक समितिबाट पेश भएका सबै प्रस्तावहरु पारित गरेको छ । नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ वमोजिम नेपाल सरकारको स्वीकृति लिएर सेयरधनीहरुलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने कम्पनीले जनाएको छ । ३१ औं बार्षिक साधारण सभाको निर्णय वमोजिम १ करोड कित्ता सेयर प्रिमियम मूल्यमा थप सार्वजनिक िनष्काशनका लागि नेपाल धितोपत्र वोर्डमा दरखास्त पेश गरी प्रक्रियामा रहेको छ ।
यस कम्पनीले सञ्चालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा सञ्चालन भैरहेका छन् । साथै सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सञ्चालित ४ मेवाको खुदी जलविद्युत केन्द्र र ६० मे.वा.को खिम्ती प्रथम जलविद्युत केन्द्रको सञ्ंचालन सुचारु रुपमा हुँदै आएको कम्पनीले जनाएको छ । ि