मंगलवार, आश्विन १३,२०८३ 08:29:43
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:29:43
Bizshala
Global IME Bank Limited

हिमालयन क्यापिटलको ७ औं वार्षिक साधारण सभा सम्पन्न, ७% लाभांश पारित

Bizshala
हिमालयन क्यापिटलको ७ औं वार्षिक साधारण सभा सम्पन्न, ७% लाभांश पारित
New Office

काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा बुधबारको दिन कमलादीमा रहेको क्यापिटलको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।  

सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि सभामार्फत पारित गरिएको छ । साधारण सभामा संस्थाका सञ्चालकहरुको पुर्ननियुक्ति सम्बन्धि प्रस्ताव पनि अनुमोदन भएको छ ।  

कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनीलप्रसाद गोर्खालीले संस्थाका भावी योजनाहरुबारे मन्थन गरी संस्थाका सेयरधनीहरु, ग्राहक र सरोकारवालाहरुलाई उनीहरुको निरन्तर साथ र सहयोगको लागी आभार ब्यक्त गरे । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्ना सबै ग्राहकहरूलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.