सोमबार, फाल्गुन ४,२०८२ 02:16:19
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 02:16:19
Bizshala
Global IME Bank Limited

बोटलर्स नेपालका दुईवटा कम्पनीद्वारा साधारण सभा आह्वान

बोटलर्स नेपालका दुईवटा कम्पनीद्वारा साधारण सभा आह्वान
Shivam Cement

काठमाण्डौ । बोटलर्स नेपालका दुईवटा कम्पनीले साधारण सभा डाकेका छन् । बोटलर्स नेपाल(बालाजु) र (तराई)को मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।

दुवै कम्पनीको साधारण सभा पुस २३ गते काठमाण्डौको दरबारमार्गमा रहेको होटल याक एण्ड यतिमा आयोजना हुनेछ । बोटलर्स नेपाल तराईको साधारण सभा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ भने बोटलर्स नेपाल(बालाजु)को दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

दुवै कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन ।

सभामा गत आवको वार्षिक प्रतिवेदनसहित गत आवको वित्तीय विवरणहरु पारित गरिनेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै बोटलर्स नेपाल(बालाजु)को सभाबाट स्वतन्त्र सञ्चालकको रुपमा सिद्धान्त राज पाण्डेको नियुक्ती अनुमोदन हुनुका साथै एक जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।

दुवै कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.