काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २१ गते चापागाँउमा रहेको बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजेदेखि डाकेको साधारण सभा स्थगित भएको हो ।
गणपुरक संख्या नपुगेका कारण उक्त सभभा स्थगित गर्नु परेको कम्पनीले जनाएको छ ।
उक्त सभामा हकप्रद सेयर निष्कासन गर्ने, अधिकृत र जारी पूँजीसहित कम्पनीको प्रबन्धपब तथा नियमावलीमा संशोधन गर्ने र यसमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव गरिएको थियो ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरु समेत पारित गर्ने कार्यसूची थियो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस ७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।

