दोर्दी खोला जलविद्युतको साधारण सभा स्थगित, यस्तो छ कारण
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २१ गते चापागाँउमा रहेको बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजेदेखि डाकेको साधारण सभा स्थगित भएको हो ।गणपुरक संख्या नपुगेका कारण उक्त सभभा स्थगित गर्नु परेको कम्पनीले जनाएको छ ।

