काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी चैत ११ गते सोमबारका दिन पोखरा कास्कीमा रहेको आभ्या क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आर्थिक वर्षका सेयरधन्ीहरुलाई प्रस्तावित ४ प्रतिशत बोनस सेयर र ०.२११ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२११ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।
बोनस सेयर जारीपश्चात कायम हुने चुक्तापूँजीको शतप्रतिशत हकप्रद निष्कासन गरी कम्पनीको पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु समेत पारित गरिनेछ ।
यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आव २०८०/८१को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आव २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले यही फागुन २३ गते गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन २२ गतेसम्म नेीसेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                