लाभांशको अजेण्डा पारित गर्न युनाइटेड इदी मर्दीको साधारण सभा आज बस्दै
काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्न आज वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभा पोखरा कास्कीमा रहेको आभ्या क्लबमा आयोजना हुने लागेको हो । सभामा गत आर्थिक वर्षका लागि २०८० असार मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५.५० प्रतिशत बोनस सेयर र ०.२७९ प्रतिशत नगद लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।