बुधबार, भाद्र २५,२०८२ 10:14:00
  • बुधबार, भाद्र २५,२०८२ 10:14:00
Global IME Bank Limited

लाभांशको अजेण्डा पारित गर्न युनाइटेड इदी मर्दीको साधारण सभा आज बस्दै

Hyundai Nepal
लाभांशको अजेण्डा पारित गर्न युनाइटेड इदी मर्दीको साधारण सभा आज बस्दै

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्न आज वार्षिक साधारण सभा आयोजना गर्दैछ ।  

उक्त सभा पोखरा कास्कीमा रहेको आभ्या क्लबमा आयोजना हुने लागेको हो । सभामा गत आर्थिक वर्षका लागि २०८० असार मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५.५० प्रतिशत बोनस सेयर र ०.२७९ प्रतिशत नगद लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले गत फागुन ४ गते गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसर्थ फागुन ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.