काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडको कम्पनी सचिवमा जगत बहादुर रोकाय नियुक्त भएका छन् । चैत १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीका कर्मचारी रोकायलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले यसअघिका कम्पनी सचिव निरज पौडेलको राजीनामा स्वीकृत समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।