काठमाण्डौ ।युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो ।
समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३७४.४१ रुपैयाँ कायम भएको छ ।
अन्तिम कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३९५ रुपैयाँ कायम थियो । आइतबार समायोजित मूल्य अनुसार कम्पनीको सेयर कारोबारमा आउनेछ ।
कम्पनीले लाभांश वितरणका लागि आज(फागुन ४ गते) बुक क्लोज गर्दैछ। कम्पनीको १४ औं वार्षिक साधारण सभा आगामी फागुन १७ गते आयोजना हुँदैछ । कम्पनीले गत आविका लागि ५.५० प्रतिशत बोनस सेयर र ०.२७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । साधारण सभाबाट लाभांश अनुमोदन भएपछि सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।