बुधबार, भाद्र ३,२०८३ 02:53:49
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:53:49
Bizshala
Global IME Bank Limited

आम्दानी बढेसँगै युनाइटेड इदि मर्दिका नाफामा १०८% को सुधार

आम्दानी बढेसँगै युनाइटेड इदि मर्दिका नाफामा १०८% को सुधार
New Office

काठमाण्डो । युनाइटेड इदि मर्दि एण्ड आरबी हाईड्रोपावर लिमिटेडको आम्दानी बढेसँगै नाफा समेत वृद्धि भएको छ ।  कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत १३ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.९५ प्रतिशतले बढी हो ।  

आम्दानीमा आएको बढोत्तरीसँगै कम्पनीको नाफा १०८.४९ प्रतिशतले बढेको छ ।  

Bizshala
CG Motors

कम्पनीको कुल सञ्चालन खर्च भने २०.५५ प्रतिशतले बढ्दै २ करोड ४८ लाख पुगेको छ । यो अवधिसम्म कम्पनीको वित्त खर्च ७ करोड २५ लाखबाट घटेर ५ करोड ३४ लाखमा सीमित बनेको छ ।  

कम्पनीको चुक्तापूँजी ४४ करोड ३१ लाख रुपैयाँ रहेकोमा रिजर्भको आकार ६  करोड ५८ लाख रहेको छ । कम्पनीले दीर्घकालिन कर्जा घटाएको छ । अघिल्लो आवमा ९० करोड ७४ लाख रहेको दीर्घकालिन खर्च ८४ करोड ३३ लाखमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी(ईपीएस) १४.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११४.८६ र मूल्य आम्दानी अनुपात ४१.९६ गुणा कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.